रौतहटमा बागमती नदीमा डुबेर एक जनाको मृत्यु ।

रौतहट १० असोज ।
रौतहटको राजदेवी नगरपालिकाका वडा नं ९ ब्रहम्पुरी बागमती नदीमा माछा मार्न गएको चार जना बालक माध्य एक जनाको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा जितन महाराको १० वर्षको छोरा रहेको प्रहरी जनाएको छ । त्यस्तै दुई जना बालको जिवितै उदार गरिएको छ भने १ जना बालक अझै बेपता रहेको छ । बेपता हुनेमा जगु पासवानको ९ बर्षको छोरा रहेको स्थानीय समाजसेवी नबिन सिंहले प्रहरीलाई उदृत गर्दै जानकारी दिएको छ ।
मृतक बालकको शवलाई पोस्ट म्यार्टमको लागि जिल्ला अस्पताल गौरमा लयाइएको छ । बेपता रहेको बालकको खोजि कार्य जारि रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउँ बाकि रहेको छ ।

लोकप्रिय