दुर्गाभगवती गाउँपालिकामा छोरी संरक्षण कार्यक्रमको सुरुवात ।

रौतहट ११ असोज ।

रौतहट जिल्लाको दुर्गा भगवती गाउपालिकामा छोरी संरक्षण कार्यक्रमको शुरुवात भएको छ । रौतहटको दुर्गा भगवती गाउपालिकाको वडा न. ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले आफ्नो वडामा जन्मेका छोरीहरुलाई छोरी संरक्षण कार्यक्रम अन्र्तगत २ हजारका दरले वडाले प्रदान गर्ने झाले बताउनु भयो । तराई मधेशमा छोरीको जन्मेमा स्याहार सुसार तथा हेरचाहमा समेत विभेद गर्ने गरेका कारण दुर्गा भगवती गाउपालिकाको वडा नम्बर ३ मा २०७८ असोज महिनाबाट लागु हुने गरि छोरी संरक्षण कार्यक्रम कार्यन्वयनमा ल्याइने वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले बताउनु भयो । छोरीको स्याहार सुसार गर्न , सामाजिक विभेद अन्त्य र छोरीको सम्मानको लागि आफुले कार्यक्रम सञ्चालन गर्नु परेको वडा अध्यक्ष झाले बताउनु भयो ।

लोकप्रिय