ईशनाथ नगरपालिकाका नगर प्रमुख मेहताद्धारा सुर्य नारायण मन्दिरकाे उद्घाटन ।

रौतहट १९ कात्तिक ।

रौतहट जिल्लाको ईशनाथ नगरपालिकाका नगर प्रमुख संतोष कुमार मेहताले नवनिर्मित सुर्य नारायण मन्दिरकाे उद्घाटन गरेका छन् ।

मेयर मेहताकाे प्रमुख अतिथिता र ईशनाथ नगरपालिका ३ वडा अध्यक्ष राम कैलमश राउतको अध्यक्षता साे मन्दिरकाे उद्घाटन कार्यक्रम सु-सम्पन्न भएकाे हाे । ईशनाथ नगरपालिका-३ स्थित औरैयामा अवस्थित सुर्य मन्दिरको भब्य रूपमा उद्घाटन भएको हो ।

नगरप्रमुख मेहता भन्छन् , “आउँदाे निर्वाचन भए लगत्तै याे सुर्य मन्दिर भित्र रहेको पोखरी र ईशनाथलाई पर्यटकिय स्थल बनाउँनेछु ।’ ईशनाथ नगरपालिका स्थित महादेव मठकाे निमार्ण कार्यपनि चाडै सम्पन्न हुने उनले प्रतिबद्धा जनाउनु भयाे ।

सुर्य मन्दिर उद्घाटन कार्यक्रममा नगर प्रमुख संतोष कुमार मेहता , उपप्रमुख वडा नं.३ का अध्यक्ष राम कैलाश राउत , वडा-९ का अध्यक्ष रामबाबु यादव, वडा-६ का अध्यक्ष राम ईशवर साह, वडा-५ का अध्यक्ष सेख नेसाल , वडा-७ का अध्यक्ष प्रत्यासि सेख दसई र नेकपाका नगर अध्यक्ष मोहन मेहता लगायत अन्य जनप्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।

लोकप्रिय