रौतहट २० कात्तिक ।
रौतहट जिल्लाको बृन्दावन नगरपालिकाको बिभिन्न वार्डहरुमा रहेको बिजुलिको पोलमा बिग्रेको बतिहरुलाई फेरेर नयाँ लगाउदा सडक नै छिलिमिलि भएको छ । बृन्दावन नगरपालिकाको नगर प्रमुख राम स्नेहि राय यादबले हिन्दु धर्मालम्बीहरुको महान पर्व बडा दशेैको अवसर पारेर पहिला देखि बलिरहेको र बिग्रेर खराब भएको बतिलाई फेरेर नायाँ बती बिजुलि पोलहरुमा बल्व जडान गराएका हुन् । दिपावलीमा आफ्नो नगरलाई उज्यालो पार्ने उदेश्यले सो बिजुलि बति जडान गरेका छन् । रौतहट जिल्लाको पुर्वमा पर्ने बृन्दावन नगरपालिकाको बिभिन्न वार्डहरुको पोलमा बिजुलि बति जडान गरेको स्थानीय राम नरेश यादब जानकारी दिएका छन । दिपावलीमा बिजुली बत्ती पोलहरुमा जडान भएपछि स्थानीयबासीहरुले खुशी भएका छन् । हिन्दु धर्मालम्बीहरुको महान दोस्रो पर्व दिपावलीको अवसरमा बिभिन्न किसिमको अवान्छित गतिबिधि हुने भएकोले यसलाई मध्य नजर गर्दै बति जडान गरेको नगर प्रमुख यादबले बताएका छन । दशैँ पर्वमा मानिसहरुले रक्सि खाएर झैँ–झगडा गर्ने ,चोरी गर्ने जस्ता बिभिन्न प्रकारका घटना नघटोस भनि उदेश्यले जडान गरेको मेयर यादबले बताएका छन । सडकमा अध्यारो भएको कारणले बिभिन्न प्रकारका घटना घटिरहेको थियो सोहिलाई नियन्त्रण गर्नको लागी बृन्दावन नगरपालिकाको हनुमान मन्दिर देखि हर्षाहासम्म पनि दुबै तर्फबाट उज्यालो हुने गरि जडान गरिएको छ । सोहि बतिहरु जडान भए पछि सर्वसाधारण तथा पैदल यात्री ,साईकल यात्रीहरु पनि निकै खुसि भएका छन तथा सराहनिय कार्य गर्दा बृन्दावन नगरपालिकाको नगर प्रमुख राम स्नेहि यादबलाई धेरै नै प्रशंशा गरेका छन । यो समयमा झै–झगडा, चोरी, लुटपाट जस्ता आपराधिक घटना हुन नदिन सुरक्षा सतर्कता बढाइएको नगर प्रमुख यादबले बताएका छन् । यस प्रकारका सबभन्दा बढि घटना स्थानिय ठाउँको मुख्य बजार, सडक सबैतिर हुने भएकोले गस्ती पनि बढाएको नगर प्रमुख यादबले बताएका छन । दिपावली तथा छठ पर्वमा पनि धेरै झिलिमिली हूने एक स्थानिय राम नरेश यादब बताएका छन । छठ पर्व राम्रोसँग मनाउन सम्पुर्ण छठ ब्रतालुमा आग्रह गरेका छन । साथै बितदै गएको दिपावली नजिक आउदैँ लागेको हिन्दु धर्मालम्बीहरुको महान पर्व छठको देशबासि ,नगरबासि ,राजनेतिककर्मि ,स्वास्थ्यकर्मि,सुरक्षाकर्मि ,ब्यापारी लगायत देशबिदेशमा रहनु भएका सम्पुर्ण दाजुभाई तथा दिदिबहिनीमा हार्दिक शुभकमना ब्यतm गरेका छन ।