Home मुख्य समाचार सप्तरीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु ।

सप्तरीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु ।

सप्तरीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु ।

सप्तरी २२ कात्तिक ।

सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका ३ बनरझुला बस्ने मो. ईनुसका श्रीमती ३८ वर्षीया जैफुल खातुन रहेकी छिन्। आइतबार बिहान करिब १२ बजेको समयमा हरियो बाँस घरको छतमा राख्ने क्रममा नजिकै रहेको ११ हजार भोल्ट प्रवाह भएको बिजुलीको तारमा छोइदा करेन्ट लागेर खातुन गम्भीर घाइते भएकी थिइन् । घाइते भएकी खातुनलाइ उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here