रौतहट २२ कात्तिक ।
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाको वडा न २ टाेल सितलपुरका निर्वाचित वडा अध्यक्ष भाबिक्षन यादवले साडी बितरण गर्नु भएको छ । नजिकदै गरेको छठलाई लक्षित गरी छठ गर्ने एकल र बिपन्नका महिलाहरुलाई उहाले साडी बितरण गर्नु भएको हो । खास गरी मधेशमा महिलाहरुको ज्याला न्यून हुने र त्यसबाट चाडवाड धान्न नसक्ने भएका हुदा सहयोग स्वरुप साडी बितरण गरिएको वडा अध्यक्ष भाबिक्षन यादवले बताउनुभयो ।उहाले बिगत चार बर्ष देखि आफ्नो वडामा साडी बितरणलाई निरन्तरता दिदै आएको बताउदै करिब छठ महिला ब्रतालुहरुलाई साडी बाडिएको यादवले बताउनु भयो ।