रौतहट २२ कात्तिक ।
रौतहटकाे सवै भन्दा पुरानो पुस्तकालयको रुपमा स्थापना भएको कलाकुंज पुस्तकालयको साधारण सभा आइतवार सदरमुकाम गौरमा सम्पन्न भएको छ ।
२००४ सालमा स्थापना भएको कलाकुंज पुस्तकालयको भएको ७४ औ साधारण सभाको उदघाटन समारोहमा सम्वोधन गर्दै गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले पुस्तकालयले शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ । उहाले विद्यार्थी तथा विद्वानहरुको ज्ञान को लागि पुस्तकालयको आवश्यकता रहेको बताए ।
कार्यक्रममा संरक्षण समितिका महमद मजरुल हक , शान्ति प्रसाद सुबेदी , विजय किशोर झा , रमेश प्रसाद श्रीवास्तव , जगान्नाथ प्रसाद केसरी , वडा अध्यक्ष राम स्वार्थ राय यादवले आ आफ्नो मन्तव्य दिदै पुस्तकालयको विकास र बैज्ञानिक ढंगबाट संचालन गर्नु पर्ने जोड दिएका थिए ।
तदर्थ समितिका अध्यक्ष राम प्रताप यादवको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा कोषाध्यक्ष सन्तोष प्रसाद केसरीले वार्षिक आय व्यय विवरण प्रस्तु गरेका थिए । .