रौतहट २२ कात्तिक ।
रौतहट जिल्लाको यमुनामाई गाउँपालिकाकाे अध्यक्ष श्री प्रसाद मुखियाले गाउँपालिका भरिको छठ ब्रतालुहरुलाई साडी सेट वितरण गर्नु भएको छ । गाउँपालिका भित्र रहेका असहाय तथा गरिब परिवारलाई यमुनामाइ गाउँपालिकाको अध्यक्ष श्री प्रसाद मुखियाले वडा न १ देखि वडा न ५ सम्मको छठ ब्रतालुहरुलाई साडी वितरण गर्नु भएको छ ।
त्यसतै वहाले छठ गर्ने सबै ब्रतालुहरुलाई छठ पर्वको शुभकामना समेत व्यक्त गर्नु भएको छ । आफुले आउदो दिनमा पनि आफ्नो गाउँको जनतालाई आफ्नो तर्फ बाट र गाउँपालिकाको तर्फ बाट भरपर्दो सहयोग गर्ने वहाले प्रतिबद्धता समेत जनाउनु भयो ।
छठ पर्व को तेस्रो दिन मुख्य सुर्य देवलाई अराग दिने बेला नया लुगा लगाउने चलन र विश्वास रहेकोले बिपन परिवारमा आर्थिक आभाव को प्रभावमा पर्व मनाउन कुनै किसिमको बाधा न पुगोस भने उदेश्य साथ साडी वितरण गरिएको गा पा अध्यक्ष मुखियाले बताउनु भएको छ ।