रौतहट २८ कात्तिक ।
रौतहटको फतुवा बिजयपुर नगरपालिका २ सितलपुर स्थित महाबिरी झण्डा मेलामा अन्तर्राष्ट्रिय पहलवानहरुको चहलपहल भएको छ । सनिवार मेयर गोपाल प्रसाद यादवले दुईजना पहलवानको हात मिलाई उदघाटन गरेपछि कुस्ती सुरु भएको थियो ।
सितलपुर मेलामा कुस्ती खेल्न नवलपरासीका अन्तर्राष्ट्रिय पहलवान पहलाद दास भन्ने केशर दाशको नेतृत्वमा नेपाल र भारत को विभिन्न स्थान बाट दर्जनौं नामुद पहलवानका साथै केही महिला पहलवान आएका छन।
सनिवार मेयर यादव द्वारा औपचारिक उदघाटन पछि १३० किलो तौलसम्मको ४ दर्जन भन्दा बढी पहलवान बीच कुस्ती लडाइ भएको थियो।
सनिवारको कुस्तीमा सितलपुरका स्थानीय युवा संजिव साह सोनारले एकजना भारतिय पहलवान लाई पछारेका थिए ।
कोरोना महामारिको कारण लगातार २ बर्ष महाबिरी झण्डाको अवसरमा सितलपुरमा मेलाको आयोजना हुनसकेको थिएन ।
स्थानीयहरुको आग्रहमा मेयर गोपाल यादवको सक्रियताले यसपटक सितलपुरमा दुईदिने मेला लागेको छ भने मेलामा अन्तर्राष्ट्रिय पहलवान समेत आएका छन ।
भोलि आइतबार सितलपुरमा १३० किलो तौल भन्दा माथिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरुष पहलवान र महिला पहलवान बीच कुस्ती पहलवानी हुने मेयर यादवले कटहरिया एफएम लाई जानकारी दिएका छन ।