Home मुख्य समाचार रौतहटमा भारतीय नम्बरको कार दुर्घटना चार जनाको मृत्यु ।

रौतहटमा भारतीय नम्बरको कार दुर्घटना चार जनाको मृत्यु ।

रौतहटमा भारतीय नम्बरको कार दुर्घटना चार जनाको मृत्यु ।


रौतहट २८ कात्तिक ।
रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत झुनखुनवा चौकमा भारतीय नम्बरको कार दुर्घटना हुंदा सवार सबै ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
चन्द्रनिगाहपुर बाट गौर तर्फ गइरहेको युके १२८=२९०० कार सदरमुकाम गौर भन्दा ६ किलोमिटर उतर झुनखुन्वा चौक नजिकै सनिवार राती ९ बजे अनियंत्रित भएर बाटो छेउ तला खसेको थियो ।
दुर्घटना लगतै प्रहरीले कारमा सवार चारैजना लाई उद्वार गरि तत्कालै उपचारको लागि जिल्ला अस्पताल गौरमा लैजांदा डाक्टरले सबैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृत्युहुनेमा २० देखि २५ बर्षका युवा पुरुष रहेको तथा समाचार तयार गर्दा सम्म दुर्घटनाको कारण तथा उनिहरुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
भारत बिहारमा मदिरा माथी प्रतिबन्ध लगाएकाले सिमावर्ती भारतिय बजारका मानिसहरु मदिरा शेवन गर्न गौर चन्द्रनिगाहपुर लगायतका बजारमा आउने गर्दछन ।
चन्द्रनिगाहपुर बाट अत्यधिक मदिरा शेवन गरेर भारत तर्फ फर्किनेक्रममा उक्त दुर्घटना भै चारैजनाको ज्यान गएको हुनसक्ने स्थानीयहरुले अनुमान गरेका छन ।
केहिदिन अघि मात्र बारा पथलैया बाट मदिरा शेवन गरि फर्किनेक्रममा कार र टिपर एक आपसमा ठोकिंदा ३ जना भारत रक्सौलका युवाहरुको ज्यान गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here