रौतहट १ मंसिर ।
रौतहट जिल्लाको गौर कारागारमा कैदि जिवन बिताइ रहेका एक जना कैदीले आत्मा हत्या गरेका छन् । सरिर बन्दक तथा अपहरण मुद्धामा गौर कारागारमा रहेका २४ बर्षका लडाइ साहले आत्मा हत्या गरेका हुन् । कारागारको शैचालयमा उनले डोरीको पासो लगाएर दिउँसो पौने २ बजेको समयमा आत्मा हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी बिनाद घिमिरेले जानकारी दिएका छन् । २१ बर्ष कैद फैसला भएर गौर कारागारमा रहेका साह रौतहटको देवाही गोनाही नगरपालिका ५ का स्थानीय बासिन्दा हुन । डोरीको पासो लगाएर आत्मा हत्या गरेका साहलाई गौर अस्पतालले मृत घोषणा गरेको थियो । उनले किन आत्मा हत्या गरे भन्ने बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।