नेपाली काङ्ग्रेस गौर नगर समितिको सभापतिमा यादव निरबिरोध निर्वाचित ।

रौतहट १ मंसिर ।
नेपाली काङ्ग्रेस पार्टीको निर्धारण गरिएको सर्कुलर अनुसार १४ औ नगर अधिवेशन गौर नगर कार्यसमिति ,रौतहटको सभापति पदमा मोहन कुमार यादवले सर्वसम्मत निर्वाचित भएका छन् ।
गौरी शंकर प्रसाद यादव रौतहट क्याम्पसको प्रांगणमा गरिएको नेपाली काङ्ग्रेस १४ औं नगर अधिवेशनबाट गौर नगर कार्यसमिति ,रौतहटको सभापति पद मोहन कुमार यादवले आज देखि सम्हालेका छन् ।
सो कार्यक्रममा क्षेत्रीय प्रतिनिधि सदस्य दिनेश केशरीले शुभकामना मन्तव्यमा बोल्दै भने हामी वर्डामा जितेको बेलामा योजना छनौट गरि आफ्नो पार्टीको बैठक प्रस्तुत गर्थे तर आजकल त्यो प्रवृति हराएको अवगत गराए।
गौर नगरपालिकाको मेयर अजय गुप्ताले आफ्नो कार्यकाल के के काम गरेको छ सोको निरक्षण गरि गरेको भ्रष्टाचारको बिरोध गर्नुपर्ने नव निर्वाचित समितिको सभापति मोहन कुमार यादवले जिम्मेवारी लिनुपर्छ उनले बताए।
अर्को वक्ताका रुपमा जिल्ला कार्यसमिति सदस्य सज्जन साहले भने गौर नगरपालिकाको मेयर गुप्ताले चुनाव जितेर हरेक आर्थिक वर्षमा करिब ५० करोडौं बजेट कहा खर्च गरेको हो सो सम्बन्ध अर्को बैठक बसी ज्ञापन पत्र दिनुपर्ने अवगत गराएका थिए ।
नगर अधिवेशनका अध्यक्षता नेपाली काङ्ग्रेस १३ नगर अधिवेशनबाट निर्वाचित उपाध्यक्ष संजय कुमार यादवले गरेका भने तिन सयको संख्या नेताकार्यकर्ताहरु सहभागिता रहेको थियो।

लोकप्रिय