Home मुख्य समाचार गौरमा प्रेस मंच नेपालको प्रथम बैठक सम्पन्न।

गौरमा प्रेस मंच नेपालको प्रथम बैठक सम्पन्न।

गौरमा प्रेस मंच नेपालको प्रथम बैठक सम्पन्न।

अरविन्द कुमार यादव
गौर,२ चैत्र । रौतहटको सदरमुकाम गौर स्थित प्रेस मंच नेपालको प्रथम बैठक बिहीबारका दिन सम्पन्न भएको छ।जनता समाजवादी पार्टी नेपाल रौतहटको पार्टी कार्यालय गौरको प्रांगणमा प्रेस मंच नेपाल मधेश प्रदेश समितिको पहिलो बैठक भएको हो।

मधेश प्रदेस समिती प्रथम बैठक प्रेस मंच नेपालको आयोजनामा भएको छ।जनता समाजवादी पार्टी नेपालको भातृ संगठन प्रेस मंच नेपाल मधेश प्रदेश समितिको अधिवेशन चैत्र १६ गते हुने भएको छ।मधेश प्रदेश समितिको अधिवेशनलाई प्रभावकारी बनाउन आठ जिल्ला मध्ये रौतहट ,बारा र पर्साको अधिवेशन गर्नुपर्ने बाकी रहेको विषयमा छलफल गरिएको हो।
प्रेस मंछ नेपाल जिल्ला समिती रौतहटको जिल्ला भेला यही चैत्र १३ गते हुने निर्णय समेत गरिएको मधेश प्रदेश समिती अध्यक्ष अमरेन्द्र यादवले बताएका हुन् ।

प्रेस मंच नेपाल मधेश प्रदेश समितीका सप्तरी ,सुनसरी ,धनुषा ,महोत्तरी र सर्लाही जिल्लाको जिल्ला भेलाबाट अधिवेशन भइसकेको ,बाकी बारा – पर्सा जिल्लाको मधेश प्रदेश समितीको अधिवेशन अगावै भेला हुने अध्यक्ष अमरेन्द्रले जानकारी गराए।
यही चैत्र १८ गते प्रेस मंच नेपालका केन्द्रिय भेलामा सहभागी संचारकर्मीलाई जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवद्वारा प्रशिक्षण दिइने अध्यक्ष यादवले जानकारी दिएका हुन् ।
प्रमुख अतिथी जनता समाजवादी पार्टी नेपाल रौतहटको अध्यक्ष श्यामविहारी यादवले भने देश निर्माणमा पत्रकारले अहमभुमिका खेलिदै आइरहेको जनताको समस्यालाई उजागर गरि समाधान गर्ने निकाय नीर परोस्ने काम गर्न गरेको सर्विददै छ उनले तर्क राखेका हुन् ।प्रेस मंच नेपाल जिल्ला कार्यसमिति रौतहटलाई सबलीकरण तथा नेतृत्वदायी बनाउन हरकदम हातोमालो गरि साथ सहयोग गर्ने जिल्ला अध्यक्ष श्यामविहारी यादवले प्रतिबद्धता गरेका छन् ।
प्रेस मंच नेपाल मधेश प्रदेश समिती अध्यक्ष अमरेन्द्र यादवको अध्यक्षतामा भएको थियो भने मंचका केन्द्रिय उपाध्यक्ष मनोज यादव,केन्द्रिय सदस्य एवं नेपाल पत्रकार महासंघ रौतहट शाखा पूर्व अध्यक्ष रबिन्द्र प्रसाद साह,मधेश प्रदेश समिती महासचिव बंदना झा लगायत रौतहट जिल्लाका पत्रकारहरुको सहभागी रहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here