Home मुख्य समाचार प्रहरी हिरासतमा रहेका गरुडा नपाका मेयर प्रत्यासी दिपक यादब रिहा ।

प्रहरी हिरासतमा रहेका गरुडा नपाका मेयर प्रत्यासी दिपक यादब रिहा ।

प्रहरी हिरासतमा रहेका गरुडा नपाका मेयर प्रत्यासी दिपक यादब रिहा ।

अरविन्द कुमार यादब।
रौतहट ०३ चैत्र।

रौतहट जिल्लाको गरुडा नगरपालिकासंग सुचना मागको नाउँमा गर्दीघमासान गरेकोमा पक्राउ परेका दिपक यादवलाई प्रहरीले रिहा गरेको छ।
दिपक यादवले अमर्यादित , अवाञ्छित क्रीयाकलाप नगर्ने ,उग्ररूप तथा कानुनलाई हातमा नलिई सुचना माग्नु सबैको अधिकार हो भनी मंजुर गराई सर्तमा रिहा गरेको गरुडा इलाक प्रहरी कार्यालयका डिएसपी छेदीलाल कामतीले बताएका छन् ।
दिपक यादवको गरुडा नगरपालिकामा सुचना माग्ने शैली कानुन विपरीत देखिएको पश्चात् शुक्रबारका दिन प्रहरीले यादवलाई नियन्त्रणमा लिएको थियो।
गरुडा नगरपालिकाको मेयर प्रत्यासी उमेदवार दिपक यादवलाई प्रहरीले नियन्त्रणमा लिएपछि बजारको अवस्था तनावग्रस्त रहेको थियो।
यादवले गरुडा नगरपालिकामा रहेका सम्पुर्ण करार सेवामा कार्यरत कर्मचारीहरुको नामावली उपलब्ध गराइ दिन सूचना मांग गरेको थियो।लोकतान्त्रिक समाजवादी पार्टी तर्फबाट मेयर पदमा दिपक यादवले निर्वाचन लडेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here