Home मुख्य समाचार मेयर साहको साट्टो नक्कली एसईइ परिक्षा दिने व्यक्ति सरकारी कर्मचारीसाहलाई पक्राउ ।

मेयर साहको साट्टो नक्कली एसईइ परिक्षा दिने व्यक्ति सरकारी कर्मचारीसाहलाई पक्राउ ।

मेयर साहको साट्टो नक्कली एसईइ परिक्षा दिने व्यक्ति सरकारी कर्मचारीसाहलाई पक्राउ ।

रौतहट १९ चैत ।

रौतहटको देवाही गोनाही नगरपालिकाको नगर प्रमुख प्रेमलाल साह कानुको सट्टामा SEE परिक्षा दिदै गरेका गरुडा ६ पोठियाहीका रेडियो नेपालका कर्मचारी रहेका कमल साहलाई पक्राउ गरिएका छन् । मौलापुर नगरपालिकाको लक्ष्मीनिया माविमा संचालन भइरहेको एसइइ परिक्षामा नियमित तर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परिक्षा दिइरहेका कमल साहलाई परिक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको जनाएको छ ।

एसईइ परिक्षालाई मर्यादित, अनुशासित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने दायित्व स्थानिय सरकार प्रमुख देखि लिएर विभिन्न निकायको रहेको भएपनि नक्कली परिक्षार्थी खडा गरेर परिक्षा दिन लगाउने स्थानीय सरकार प्रमुख कानु विरुद्ध र नेपाल सरकारका कर्मचारीलाइ हदै सम्मको कारवाही हुनुपर्ने रौतहटबासीको माग रहेको छ । यसबाट आउने दिनमा हुने परिक्षा मर्यादित हुने विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here