श्री माध्यमिक वि शितलपुरको फिल्डमा धमाधम माटो पुर्ने काम वडा अध्यक्ष यादबकाे पहालमा ।

रौतहट १९ चैत ।

रौतहटको फतुवा बिजयपुर नगरपालिकाको एक बिधालयमा माटो पुर्ने काम भइरहेको छ । सो नगरपालिकाको वडा नम्बर २ मा रहेको श्री माध्यमिक बिधालय शितलपुरको फिल्डमा अहिले धमाधम माटो पुर्ने काम भइरहेको वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजयले बताउनु भएको हो । वर्षौदेखि उक्त बिधालयमा गाउँभरी बाट वर्षाको पानी जम्मा भइ पोखरीमै परिणत भएको थियो । जस कारण बिधार्थीहरु लाइ खेलकुद गर्न समस्या भइरहेको थियो । यही समस्याको मध्यनजर गरी वडा अध्यक्ष यादवको निर्देशनमा बिधालयका प्रधानाध्यापक बुनिलाल प्रसाद यादवले बिधालयको फिल्डमा माटो पुर्ने काम गराउन लागेका हुन् । फिल्डमा माटो पुर्ने काम भएपछि बिधालयमा रहँदै आएको समस्या समाधान हुने भएको छ ।
बिधालयको फिल्डमा जम्मा हुने गरेको पानीको निकासका लागि नाला बनाइ निकास दिइएको छ । जसको पक्कीकरणको काम आउँदो आ.व. मा गरिने वडा अध्यक्ष यादवले बताएका छन् । वडा अध्यक्षमा निर्वाचित भएदेखि शिक्षा क्षेत्रलाइ विशेष प्राथमिकतामा राखेर काम गर्दै आएका छन् । बिधालयको चौतर्फी विकासको लागि उनी सधैं अग्रसर भएको देखिन्छन् । उनको यो कार्यको स्थानियहरुले प्रशंसा गरेका छन् ।

लोकप्रिय