Home मुख्य समाचार कटहरियामा फेला परेको शवको पहिचान खुल्यो ।

कटहरियामा फेला परेको शवको पहिचान खुल्यो ।

कटहरियामा फेला परेको शवको पहिचान खुल्यो ।

रौतहट ३१ साउन ।

रौतहटकाे कटहरिया नगरपालिका -८ मा फेला परेको शवको पहिचान खुलेको छ ।

बुधबार विहान ७ बजे पोखरियाबाट बलुवा जाने बाटो छेउमा फेला परेको शव कटहरिया नगरपालिका –९ डुमरिया निवासी बुनिलाल माझीको छोरा २० वर्षीय तिमन भन्ने राम अनंदी माझी रहेको ईलाका प्रहरी कार्यलय गरुडाले जानकारी दिएको छ ।

शवको मचुल्का गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको ईलाका प्रहरी कार्यलय गरुडाका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो।

घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here