Home मुख्य समाचार यमुनामाई गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर नै नगराई मन्त्रालय फर्काइयो।

यमुनामाई गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर नै नगराई मन्त्रालय फर्काइयो।

यमुनामाई गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर नै नगराई मन्त्रालय फर्काइयो।

रौतहट २५ मंसिर ।

यमुनामाई गाँउपालिकामा आएका कर्मचारीलाई हाजिर नगराई फिर्ता पठाएको छ । संघिय मामिला तथा सामन्य प्रशासन मन्त्रालय, स्थानिय तह कर्मचारी प्रशासन शाखालाई गाँउपालिकाले पत्र पठाएर कर्मचारी फिर्ता पठाएको जानकारी दिएको हो ।

मन्त्रालयबाट मंसिर २२ गते चं. नं ११९६ को पत्र बमोजिम मन्त्रालयबाट प्रमुख प्रशासकिय अधिकृतको रुपमा कर्मचारी संकेत नं. १९४९३३ को ओम प्रकाश यादवलाई काम काजका लागि खटाएको थियो । यादवलाई खटाएको बिषयमा गाँउपालिकाले गम्भिर ध्यानकर्षण भएको भन्दै फिर्ता पठाएका पत्रमा उल्लेख गरेको छ । तिनै तहको सरकार मध्ये जनतासंग प्रत्यक्ष जोडिएको स्थानिय सरकारको सहमति बिना, हप्तै पिछे प्रमुख प्रशाकिय अधिकृत फेरवदलको कामले सेवा प्रवाहमा असर परेको गाँउपालिकाका अध्यक्ष महमद सउदद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
पालिकाको कामकाजमा अवरोध हुँदा नकरात्मक सन्देश गएको भन्दै यस्ता किसिमका कार्यले पालिकाबासीलाई निरास बनाएको उनको बुझाई छ । यमुनामाई गाँउपालिकामा प्रमुख प्रशासकिय अधिकृत आफु निकटका ल्याउनका लागि यहाँका नेताहरु राजधानी सम्म पुग्ने गरेको उनको भनाई छ । संघिय मामिला तथा सामन्य प्रशासन मन्त्रालयबाट खटाईएको कर्मचारी यादवलाई कामकाजमा खटाउन असमर्थ भएकाले हाजिर नगराई फिर्ता पठाएको व्यहोरा सहितको पत्र पठाएको यमुनामाई गाँउपालिका अध्यक्षले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here