सुवाश मंडल
सर्लाही । । सर्लाहीको बलरा नगरपालिकाद्वारा २०८० सालको होलीको सुखद उपलक्ष्यमा “होली मिलन समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रम” शुक्रबार नगरपालिकाका सभा हलमा भब्यताका साथ सम्पन्न भएका छन् । नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रमका अध्यक्षता बलरा नगरपालिकाका नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले गरेका थिए भन्ने प्रमुख अतिथिका रूपमा सर्लाही क्षेत्र न.४ का सविधानसभा सदस्य माननीय शिवपुजन राय यादव आउनु भएका थिए । नगर प्रमुख कुशवाहाले आफ्नो शुभकामना मन्तव्यमा असत्य माथि सत्यको विजय भएको दिनलाई उत्सवको रुपमा परापूर्व काल देखि मनाउदै आएको होली पर्वलाई भव्य, सभ्य एवं मर्यादित तवरबाट मनाउनुपर्ने जिकिर गरे ।
होली पर्वमा पुरानो रिस, राग, द्वेष, इश्यालाई विर्षेर नयाँ सम्बन्ध कायम गर्ने हेतु खुशीयाली संग मनाउन समस्त बलरा नगरवासीलाई नगर प्रमुख कुशवाहाले आग्रह समेत गरेका छन् । सर्लाही क्षेत्र ४ का सविधानसभा सदस्य मा.शिवपुजन राय यादवले होली पर्वमा कुनै किसिमको हुल हुज्जत,झैझगडा एवं अप्रिय कार्यहरु नगरी सभ्य रुपमा होली पर्व मनाई यसको गरिमालाई कायम गर्न तथा सबै एक जुट भइ होली मनाउन समस्त क्षेत्र वासीसंग आग्रह गरे ।
सोही कार्यक्रममा बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील साह,बलरा वार्ड न.१० का वडा अध्यक्ष दिनेश प्रसाद कुशवाहाका साथै वडा न.१ देखि वडा ११ सम्मका सबै वडा अध्यक्षले होली पर्व आशुरी शक्तिलाई दैवी शक्तिले परास्त गरेर विश्वासको आधारलाई डगमगाउन नदिई जनजनको विश्वासलाई आदिकाल देखि नै चलिरहेको होली पर्वमा दशमन पनि दोस्त बनेर एक आपसमा अविर रंग खेलेर मनाउने चलन रहेको हुँदा सबै बलरा नगरवासीलाई सभ्य रुपमा होली पर्व मनाएर देखउनुपर्ने अवसरको रुपमा रहेको बताए । समाजमा रहेका नकारात्मक पक्षलाई होलिका दहन संगै सवै राग द्वेष र वैमनष्यता को अत्य होस भने कामना गर्दै २०८० सालको होली पर्वको शुभकामना दिएका थिए ।
उक्त कार्यक्रममा नगर प्रमुख रामाशंकर कुशवाहा , सविधानसभा सदस्य शिवपुजन राय यादव ,नगर उपप्रमुख कोशिला देवी,प्रमुख प्रशासकीय अधिकृत सुशील साह,वडा न.१ देखि ११ सम्मका सबै वडा अध्यक्षहरु , सबै कार्यपालिका सदस्यहरु, सबै सदस्य,विभिन्न संगसंस्थाका कर्मचारीहरु , पालिकाका सबै कर्मचारीहरु , सुरक्षाकर्मी, पत्रकार लगायत नगरपालिका भरीका २०० भन्दा बढी सर्वसाधारण जनताहरुका उपस्थित रहेका थिए ।