Home मुख्य समाचार जनप्रतिनिधिको मिलेमतोमा नक्कली मोही बनाई जग्गा कब्जा ।

जनप्रतिनिधिको मिलेमतोमा नक्कली मोही बनाई जग्गा कब्जा ।

जनप्रतिनिधिको मिलेमतोमा नक्कली मोही बनाई जग्गा कब्जा ।


रौतहट, ३० चैत ।

जिल्लाको यमुनामाई गाउँपालिका–४ सरुअठामा नक्कली मोही बाएर मोहियानी हक कायम गरेको घटना बाहिरिएको छ । साविक गाउँ विकास समिति सरुअठा–१ निवासी खेलावन साह तेली मोही भएको १० कठ्ठा १८ धुर जग्गामा भूमि सुधार कार्यालयको कर्मचारीले वडा–२ निवासी राम खेलावन साहको नाम लगतमा चढाएर मोहियानी हक कायम गरेको जग्गाधनि राम स्वार्थ साहले आरोप लगाएका छन् ।

साविक जग्गाधनी बद्रीनारायण श्रेष्ठको नाममा रहेको किता नम्बर १४५ को ८ कठ्ठा र किता नम्बर १३५ को २ कठ्ठा १८ धुर जग्गाको फिल्डबुकमा हजुरबुबा खेलावन साह तेली मोही रहेको सो जग्गा २०४५ सालभन्दा पहिला बुबाले खरिद गरेको र २०७५ सालमा मरुवा मोही लगत कट्टा गराएको जग्गामा अर्को राम खेलावन साह तेलीको मोही कायम गरेको रामआज्ञा साहको छोरा जोतनारायण साहले बताए ।

सडकसँग जोडिएको सो जग्गा वडा अध्यक्ष अश्विनी यादवले गोप्य रूपमा वडा–२ का राम खेलावन साहको नाम सिफारिस गरेको र साक्षीमा अन्य ठाउँको व्यक्तिलाई राखेको पीडित साहले बताए । २०२१ सालदेखि अहिलेसम्म खेलावन साहका परिवारले नै जग्गा जोतभोग गर्दै आएका छन् ।

रामचरण साहको दुई छोरामा जेठो मटुक साह र कान्छो खेलावन साह रहेकोमा खेलावन साहको कुनै सन्तान नहुँदा २०७५ असोज २५ गते तत्कालीन भूमिसुधार अधिकृत सिकिन्द्रप्रसाद साहको निर्णयले मरुवा मोही लगत कट्टा भएको जग्गामा षड्यत्र गरी सम्बन्ध नै नभएको व्यक्तिलाई मोहियानी हक कायम गरेको पीडित लक्ष्मीनिया देवीले बताइन् ।

मोहियानी हक प्रमाणपत्रमा वडा–१ को खेलावन साहको सट्टामा भूमिसुधार कार्यालयको कर्मचारीले वडा–२ थप गरेको र वडा अध्यक्षले गोप्य रूपमा सिफारिस गरेकोले मेरो भोगमा रहेको जग्गा स्थानीय दरोगा साह र राम जिनिस साहले बलपूर्वक कब्जा गर्न खोजेको जग्गा धनिराम पुकार साहको भनाइ छ ।

पछि कायम गरेको मोही राम खेलावन साह फरक व्यक्ति रहेको र आफ्नो हजुरबुबा अर्को रहेको उनले बताए । वडा अध्यक्षले सिफारिस गरेको राम खेलावन साहको बुबाको नाम भगत साह रहेको छ ।

स्थानीय नन्दलाल साहले जग्गा खेलावन साहको मोही रहेको र मटुक साहको बंशजले नै अहिलेसम्म जोतभोग गर्दै आएको बताएका छन् । दरोगा साहले अहिलेसम्म जग्गा जोतभोग नगरेको उनले बताए ।

राम एकवाल साह, भोला साह र श्री नारायण साहले अहिले मोही भनिएको राम खेलावन साह साविक मोही नभएको बताउँदै गलत तरिकाबाट जग्गा कब्जा गर्ने नियतले फर्जी कागजात बनाएको दावी गरेका छन् ।

रौतहट जिल्ला अदालतबाट मुद्दा जिते पनि उच्च अदालतबाट विपक्षमा मुद्दा फैसला भएकोले सर्वोच्च अदालतमा न्यायका लागि जाने पीडित जोतनारायण साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here