Home मुख्य समाचार परोहा स्थित मोतिपुर-रामपुर जोड्ने चोकको पटेल चोक नामाकरण ।

परोहा स्थित मोतिपुर-रामपुर जोड्ने चोकको पटेल चोक नामाकरण ।

परोहा स्थित मोतिपुर-रामपुर जोड्ने चोकको पटेल चोक नामाकरण ।

रौतहट , ०६ बैशाख । 

पटेल समुदायको बाहुल्यता रहेको परोहा नगरपालिका स्थित एक चोकको नामाकरण गरीएको छ । वडा नं ८ मोतिपुर र वडा नं. ९ रामपुर टोलको बिचमा पर्ने चौकको नाम गाउँका स्थानिय बुद्धिजीवीहरुको रायसुझाव बमोजिम सामूहिक रूपमा पटेल चौक हनुमान स्थानको नामले  नामाकरण गरि विधिवत तरिकाले पुजा अर्चना गरि चोकको नामाकरण  गरिएको स्थानिय अभिमन्यू पटेलले बताए ।

पटेल चौक देखि पश्चिमपट्टि भारतीय सीमावर्ती क्षेत्र, पूर्वपट्टी मोतिपुर, उत्तरपट्टी नरकटिया र दक्षिण तर्फ रामपुरखाप रहेको छ । बुधबार पटेल चौक हनुमान स्थान स्थापना र नामाकरण कार्यको लागि दुबै गाउँको पटेल समुदायका बन्धूबान्धबहरु बिच गहन छलफल र बिचार बिमर्श पश्चात परोहा नपा वडा नं ८ को सदस्य बिरेन्द्र प्रसाद पटेलको अध्यक्षतामा बैठक बसी  बिन्देश्वर पटेल कुर्मीको अध्यक्षतामा ९ सदस्यीय कमिटी समेत चयन गरिएको बताइएको छ ।
उक्त पटेल चौक नामाकरण र स्थापना कार्यक्रममा परोहा नपा वडा नं ७ को वडाअध्यक्ष नागेन्द्र प्रसाद पटेल, वडा नं ८ को वडासदस्य बिरेन्द्र पटेल, वडा नं ८ को वडाअध्यक्ष प्रत्यासी दिपेन्द्र प्रसाद पटेल, वडा नं ९ रामपुरको वडाअध्यक्ष प्रत्यासी रूपेश कुमार पटेल, पूर्व डिएफफो उपेन्द्र प्रसाद पटेल  लगायत समाजसेवी रामसिंह पटेल, प्रमोद पटेल, मेघनाथ पटेल, भिखर पटेल, लालबाबु पटेल, बिदयानन्द पटेल, जयमोहन पटेल, रामनारायण पटेल, शम्भु पटेल, सुखारी पटेल, पृथ्वीनारायण पटेल, नागेश्वर प्रसाद पटेल लगायत सयौंको उपस्थितिमा चोकको नामाकरणको कार्य सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here