सांसद पटेलद्वारा नरकटिया टोल देखि भारतीय सिमाना सम्म सडक ढलानको शिलान्यास ।

रौतहट, २१ बैशाख ।

रौतहटको परोहा नगरपालिका वडा ७ र ८ नरकटिया टोल देखि भारतीय सीमावर्ती क्षेत्र सम्म पक्की सडक ढलान कार्य सुरु भएको छ ।

नरकटिया गाउँ देखि पश्चिम हुदै भारतीय सीमावर्ती क्षेत्र सम्म जाने बाटोको ढलान कार्यको शुभारम्भ नेकपा (एकीकृत समाजवादी ) मधेस प्रदेश संसदीय दलका प्रमुख सचेतक एवं रौतहट निर्वाचन क्षेत्र नं २(ख) निर्वाचित प्रदेशसभा सदस्य माननीय कनिश पटेलले शिलान्यास गरेका हुन् ।

नरकटियाबाट भारतीय सिमाना सम्मको करिब २०० मिटर सडकलाई छड राखेर, ग्राभेल, ढलान र स्तरोन्नतिको विकास कार्यको लागि आजदेखि सुरु गरिएको छ । विकासको आधारभूत पूर्वाधार नै सडक भएकाले सडक स्तरीय भएसँगै यसक्षेत्रकको अधिकांश नागरिकले सहज र सुरक्षित यात्रा गर्न सुविधा पाउने विश्वास प्रदेश सांसद पटेलले व्यक्त गरे ।

Oplus_0

भारतीय सिमानासँग जोड्ने सडक स्तरोन्नति हुँदा समग्र नरकटियाको विकासमा नयाँ आयाम थपिएको बताउँदै थप कार्यान्वयन हुने अन्य योजनालाई समेत निर्धारित समयमै गराउनु पर्नेमा जोड उनले दिए ।

ढलान निर्माण सम्पन्न भएपछि नरकटिया गाउँ हुदै भारतीय सीमानासम्म दैनिक रूपमा सहज तरिकाले सवारीसाधन गुड्नेछ ।

लोकप्रिय