रौतहटमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु ।

रौतहट १० साउन ।

रौतहटमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

रौतहटको गरूडा नगरपालिका ४ चिनिमिलस्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका ३ मलाही टोल बस्ने १६ वर्षीय संदेश साहको बुधबार राति मृत्यु भएको हो ।


दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

लोकप्रिय