Home मुख्य समाचार बानेश्वरनाथ महादेव मन्दिरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न ।

बानेश्वरनाथ महादेव मन्दिरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न ।

बानेश्वरनाथ महादेव मन्दिरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न ।

रौतहट, १२ सावन ।

बानेश्वरनाथ महादेव मन्दिर परिसरमा आज बिहानै बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र श्रावण महिनामा प्रत्येक सोमबार महादेव मन्दिरहरूमा पुजा अर्चना गरि जल चढाउने प्रचलन परम्परा देखि चल्दै आएको हुनाले यस बर्षको दोस्रो सोमबारलाई लक्षित गर्दै सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त सरसफाई कार्यक्रममा सहभागिहरुले मन्दिर परिसरको सरसफाई गरी मेलामा आउने भक्तजनहरुलाई स्वच्छ र सुरक्षित वातावरण प्रदान गर्न योगदान पुर्याएका थिए। यस प्रकारका कार्यक्रमले समुदायमा जनचेतना फैलाउन मद्दत पुग्ने र स्थानीय स्तरमा सहकार्यको भावना बलियो बनाउने अपेक्षा राखिएको छ । प्रहरी तथा स्थानीय जनताको सक्रिय सहभागिताले मन्दिर परिसरलाई स्वच्छ र व्यवस्थित बनाएकोमा सबैले खुशी व्यक्त गरेका थिए। भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना सहभागीहरूले जनाइएको छ।

गौर नगरपालिका वडा नं २ स्थित धेरै पुरानो तथा ऐतिहासिक श्री बानेश्वरनाथ महादेव मन्दिरमा प्रत्येक सोमबार बिहानै ५ बजेदेखि बेलुका सम्म श्रद्धालु भक्तजनको द्वारा विभिन्न आस्थाका साथ पुजा अर्चना गरिने जल चढाउने र मेला लाग्ने कार्यले भिड हुने गर्छ । यस महादेव मन्दिरमा पुजा अर्चना गर्न गौर, ईशनाथ, राजदेवी नपा र भारतको बैरगनिया, फुलवरिया लगायत धेरै ठाउँबाट श्रद्धालुहरू आउने गर्छन् । यसलाई स्थानीय सरकारले व्यवस्थित गर्न नसकेको मन्दिरको वरिपरिका वातावरण धेरै खराब हुन गएकोले आज सरसफाइ कार्यक्रमको आयोजना गरिएको हो ।

सरसफाइ कार्यक्रमलाई आयोजना मन्दिरको समितिले गरेको थियो भने यसमा सबै निकायसँग पहल गर्ने कार्य पत्रकार अभिमनु कुमार पटेलले गरेका थिए । यस सरसफाइ अभियानमा आफ्नो अहम् भुमिका निर्वाह गर्न वीरदल गण पुरेनवा, सशस्त्र प्रहरी बल हजमीनिया, जिल्ला प्रहरी कार्यालय गौर स्थानीय समाजसेवी मन‍ोज सिंह, संजय यादव, अरबिन्द यादव, सुभाष मण्डल, बुद्धिजीवी र मन्दिर समितिको सहभागीता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here