अरबिन्द यादव ।
रौतहट २०, कार्तिक ।
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ०२ द्वारा वडा भरिका छठ पुजा गर्ने महिलाहरुलाई सम्मान गरेको छ ।
आज मंगलबार फतुवा विजयपुर नगरपालिका वडा नम्बर ०२ मा कार्यक्रमकाे आयोजना गरि वडा भरिका छठ पुजा गर्ने महिलाहरुलाई साडी वितरण गरि महिलाहरुलाई सम्मान गरेको हाे ।

हिन्दुहरुकाे महान पर्व छठ पुजाकाे अवसरमा छठ पुजा गर्ने महिलाहरुलाई सहयोग स्वरूप साडी, पेटीकाेट र बलाउजकाे कपडा सहित एक सेटको वितरण गरेको वडा अध्यक्ष अनिरुद यादव उर्फ संजय यादवले जानकारी दिनुभयो ।
कार्यक्रम वडा अध्यक्ष अनिरुद यादव उर्फ संजय यादवकाे अध्यक्षता वडा सचिव र वडा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियोे ।