Home मुख्य समाचार वडा अध्यक्ष यादवको पहलमा सडक बत्ती जडान स्थानीय हर्षित ।

वडा अध्यक्ष यादवको पहलमा सडक बत्ती जडान स्थानीय हर्षित ।

वडा अध्यक्ष यादवको पहलमा सडक बत्ती जडान स्थानीय हर्षित ।

रौतहट १६ कार्तिक

रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाका वडा नं २ सितलपुर बैरगनियामा सडक बत्ती जडान भएपछि स्थानीयहरु हर्षित भएका छन् । गाउँ बजार सडकमा बत्ती नहुदाँ रातको समयमा हिड्न समेत समस्या हुने स्थानीयहरु अहिले उज्यालोमा हिड्न पाएका छन् ।अहिले रातको समयमा झलमल्ल बत्ती बलेपछि हर्षित स्थानीयहरुले वडा अध्यक्ष अनिरुद यादव उर्फ संजय यादवलाई खुलेर प्रशंसा गरेका हुन्। सडक बत्ती भएपछि सडकमा हुन सक्ने सम्भावित दुर्घटना तथा अपराधहरुमा कमी आउने स्थनीयको विश्वास छ ।


दीपावली र हिन्दूहरूको लोक पर्व छठलाई लक्षित गरी वडालाई झिलिमिली बनाउन उद्देश्यको साथ बती जडान गरिएको वडा अध्यक्ष अनिरुद यादव उर्फ संजय यादवले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here