रौतहट २३ बैशाख ।
रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा न १ सुकदेव चौकमा अवस्थित सागरमाथा अस्पतालले विगत केही वर्षदेखि सर्वसाधारण जनताको लागि गुणस्तरीय, सुलभ र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। ग्रामीण तथा शहरी क्षेत्रका नागरिकहरूका लागि उपचारको सहज पहुँच बनाउने उद्देश्यले स्थापना गरिएको
अस्पतालका संचालक अबुलैशका अनुसार, “हाम्रो मुख्य उद्देश्य भनेको सेवा नै धर्म हो भन्ने भावनाका साथ, आधुनिक प्रविधियुक्त उपचार, दक्ष चिकित्सक तथा कर्मचारीमार्फत रोगीलाई सद्भावपूर्वक सेवा प्रदान गर्नु हो। हामी अस्पतालको सेवामा निरन्तर सुधार गर्दै, आम नागरिकका लागि विश्वासिलो स्वास्थ्य सेवा केन्द्रका रूपमा काम गर्दै आएका छौं।”
उहाँले थप जानकारी दिँदै भन्नुभयो, “अहिले हरेक दिन सयौं बिरामी हाम्रो अस्पतालमा आउने गर्नुहुन्छ। आकस्मिक सेवा, सामान्य रोग परामर्श, विशेषज्ञ चिकित्सक सेवा, सुत्केरी सेवा, प्रयोगशाला परीक्षण र औषधि जस्ता सुविधाहरू हामीले उपलब्ध गराएका छौं। हामी निकट भविष्यमा अझ प्रविधियुक्त उपकरण थप्दै सेवा विस्तार गर्ने योजना बनाइरहेका छौं।”
स्थानीय बासिन्दाहरूले अस्पतालप्रतिको विश्वास र प्रशंसा व्यक्त गरेका छन्। बिरामीका आफन्त भन्छिन्, “यहाँ उपचार सस्तो पनि छ र सेवा राम्रो पनि। डाक्टरले राम्रोसँग सुन्छन् र सल्लाह दिनुहुन्छ।”
सागरमाथा अस्पतालले रौतहटको स्वास्थ्य क्षेत्रलाई नयाँ दिशामा डोर्याइरहेको छ। संचालक अबुलैशको नेतृत्वमा अस्पतालले सेवामूलक भावनालाई केन्द्रमा राखेर काम गर्दै आएको जनताले महसुस गरेका छन्। स्वास्थ्य क्षेत्रमा गरिएका यस्ता प्रयासहरू अन्य ठाउँका लागि पनि प्रेरणादायी छन्।