रौतहटको राजदेवी नगरपालिका वडा न ८ मा लक्ष्मीपुर बेलबिछ्वा गाउँमा कर्यरत श्याम सुन्दर राय यादव आजको दिनमा एक जना सफल र सम्मानित आयुर्वेद चिकित्सकको रूपमा चिनिनुहुन्छ। सानो गाउँमा जन्मिएर ठूलो सपना देख्नुहुने कविराज निरीक्षक यादवले आफ्नो ज्ञान र समर्पणबाट सयौं बिरामीहरूलाई राहत दिँदै आउनुभएको छ।
कडा परिश्रम, इमानदारी, र सेवाभावले वहाँले आयुर्वेदिक उपचार पद्धतिलाई अपनाउँदै धेरै रोगीहरूको उपचार सफलतापूर्वक गर्नुभएको छ। गाउँमा मात्र होइन, आसपासका क्षेत्रबाट पनि बिरामीहरू उहाँकहाँ स्वास्थ्य लाभका लागि आउने गर्छन्।
वहाँको व्यवहारिकता, मिजासिलो स्वभाव र गहिरो ज्ञानले गर्दा गाउँमा मात्र होइन, टाढाटाढासम्म कविराज निरीक्षक यादवको नाम प्रसिद्ध छ। उहाँले हरेक बिरामीसँग सहानुभूति देखाउँदै, न्यानो व्यवहारमा उपचार गर्नुहुन्छ।
उहाँजस्तो समर्पित चिकित्सक गाउँको गौरव हुनुहुन्छ। उहाँको सेवा, समर्पण र प्रयासप्रति हाम्रो हार्दिक सम्मान छ।