फतुवाबिजयपुर–२ सितलपुरमा हनुमान मन्दिरको स्थापना ।

रौतहट २३ बैशाख ।
रौतहटको फतुवाबिजयपुर नगरपालिका वडा नं. २ सितलपुरमा हनुमान मन्दिरको स्थापना गरिएको छ। वडाको बजेटबाट गरिएको यस निर्माण कार्य वडाध्यक्ष अनुरूद्ध प्रसाद यादव विशेष पहलमा भएको हो।
यस स्थानमा पहिलेबाटै हनुमानको पूजा हुँदै आए पनि उचित संरचना नभएकाले नयाँ मन्दिर निर्माण गरिएको वडाध्यक्षले जनाएको छ। मन्दिरको स्थापना पश्चात स्थानीयबासीमा धार्मिक आस्था र उत्साह थपिएको छ।

स्थानीयहरूका अनुसार मन्दिरको निर्माणले धार्मिक पर्यटकीय सम्भावना पनि बढाउने विश्वास गरिएको छ।

लोकप्रिय