सुदामा राय यादवको आज जन्मदिन र वैवाहिक वर्षगाँठ एकैदिनको उल्लास ।

रौतहट २३ बैशाख ।
आजको दिन एक विशेष महत्त्व बोकेको दिन हो, जहाँ शिक्षाका क्षेत्रका एक समर्पित र प्रेरणादायी व्यक्तित्व, पूर्व प्रधानाध्यापक श्री सुदामा राय यादव नानाज्यूको जन्मदिन र वैवाहिक वर्षगाँठ एउटै दिन परेको छ।

श्री सुदामा राय यादव विगत धेरै दिन देखि शिक्षा क्षेत्रमा समर्पित रही, न केवल विद्यालयस्तरीय शिक्षामा सुधार ल्याउन सफल भए, तर समुदायमा शिक्षाको महत्व र चेतनाको प्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। उहाँले आफ्नो सेवाकालको अधिकांश समय फतुवा विजयजुर नगरपालिका र पराेहा नगरपालिका क्षेत्रमा शिक्षाको स्तरोन्नतिमा समर्पणपूर्वक बिताउनुभयो।

उहाँको मार्गदर्शनमा सयौं विद्यार्थीहरूले शिक्षा प्राप्त गरी देशभित्र तथा विदेशमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका छन्। विशेषगरी ग्रामीण समुदायमा शिक्षाको ज्योति बाल्न उहाँले खेलेको भूमिकालाई सधैं सम्झना गरिनेछ।

आजको यस अवसरमा उहाँका परिवार, शुभेच्छुक, पूर्व विद्यार्थी र समस्त नगरवासीले उहाँ र उहाँकी धर्मपत्नीलाई दीर्घायु, स्वास्थ्य र पारिवारिक समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

शिक्षा क्षेत्रको एक प्रेरणादायी अध्यायका रुपमा स्मरण गरिने श्री यादवज्यूको योगदानको कदर गर्दै, आजको दिन उहाँप्रतिको आदर, स्नेह र कृतज्ञताका साथ सम्झनु हामी सबैको कर्तव्य हो।

लोकप्रिय