रौतहट ८ फागुन ।
रौतहटको बौधिमाई नगरपालिका वडा न ९ सरमुजवामा श्री राम आधार राय आधारभूत विद्यालयको शिलान्यास कार्यक्रम नगर प्रमुख यादवद्वारा सम्पन्न भएको छ। बौधिमाई नगरपालिकाका नगर प्रमुख युवा मेयर राजीव रंजन यादवले आज एक कार्यक्रमका बीच सो शिलान्यास कार्य सम्पन्न गरेका हुन ।
नगरपालिकाको वडा नं. ९ सरमुजवामा विद्यालय नभएकोले स्थानियहरुको प्रयास तथा नगर प्रमुख यादवको विषेश पहलमा रौतहटको राजदेवी नगरपालिका मुड़वलवा निवासी राम आधार राय यादवले विद्यालय निर्माण कार्यको लागि २ कट्ठा १० धुर जग्गा दान गरेका हुन । शिक्षाले समग्र समुदायको मुहार फेर्ने आश र बिश्वासका साथ सम्पूर्ण सर्वसाधारण लगायत स्थानियहरुको बालबालिकाहरुले सहज रुपमा शिक्षा हासिल गर्न सकोस भनि उहाँले जग्गा दानले समग्र समुदायको कल्याण हुने बिश्वास राखेका छन ।
शिलान्यास कार्यक्रममा मेयर यादवले जग्गादाता राम आधार राय यादवलाई पोशाक सहित गमछा ओढाई टिका माला लगाई सम्मान गरेका हुन । शिक्षाले मात्र समाजको अध्यारोपना हटाउन सक्ने भएको हुदा आफु शिक्षाप्रतिको विकासको लागि कुनै कसर नछोडने तथा यस विद्यालयको लागि आवश्यक जनशक्ति( दरवन्दी सहितको शिक्षक) को लागि छिटो भन्दा छिटो व्यस्थापन गरी विद्यालय निर्माणको लागि प्रदेश तथा संघीय सरकारसंग बिशेष पहल गर्ने नगर प्रमुख यादवले समग्र सरमुजवाबासीलाई बिस्वास व्यक्त गरेका हुन ।
कार्यक्रममा बौधिमाई नपा वडा नं .९ सरमुजवाका वडा अध्यक्ष मुक्ति नारायण मिश्र, समाजेवी नेपाली कांग्रेसका मेयर प्रत्याशी रामलोचन साह कलवार, कार्यपालिका सदस्य काशीराम पासवान, युवा नेता सिकिन्द्र यादव , तेजिलाल प्रसाद पटेल, सरमुजवाका विभिन्न पार्टीका नेता कार्यकर्ता, सर्वसाधारण लगायत शिक्षाप्रेमिहरुको उपस्थिति रहेको थियो ।