रौतहट ८ फागुन ।
रौतहटकाे बौधिमाई नगरपालिकाको तेस्रो बर्थिङ्ग सेन्टर नगर प्रमुख राजिव रन्जन (राजु) यादवले उद्धाटन गरेका छन् । नगरपालिकाको वडा नं ८ सरमुजवा टोलमा बर्थिङ्ग सेन्टर (प्रसुती गृह) जिल्लाको शिक्षित सबै भन्दा कान्छो बौधिमाई नगरपालिकाका नगर प्रमुख यादवले उद्धाटन गरेका हुन । बौधिमाई नगरपालिकाको आर्थिक सहयोग र नगर प्रमुख यादवको आथक प्रयाशले नगरपालिकाको वडा नं ७,८,९ लाई लक्षित गरि लाभान्वितहुने गरी भवन निर्माण गरि सेवा सहितको प्रसुती गृह आज एक औपचारिक कार्यक्रम बिच उद्धाटन गरेका हुन । निर्वाचित अगावै २०७४ सालमा आएको भिसन पहिरोमा बौधिमाई नगरपालिकाको एक प्रसुती गराउन जादै गरेको सवार एम्बुलेन्स गर्भवती महिला सहित ४ जना मृत्यु भएको थियो त्यही दिन यादवले प्रद्तिवाद्ता गरे नेर्वाचित हुदा नपाको कुनै पनि जनता लाई यस्तो दुख न्भोग्नु परोस भन्ने उदेस्य प्राथमिकतामा राखी स्वास्थ्य सेवामा टेवा पुग्ने हिसाबले काम गर्ने प्रद्तिवाद्ता लाई पछि पर्दै न.पा. भित्र यो तेस्रो बर्थिङ्ग सेन्टर सेवा सहित उद्धाटन गरेको नगर प्रमुख यादवले बताएका छन् ।
बर्थिङ्ग सेन्टरमा सेवाका लागि दक्ष तालिम प्राप्त चिकित्सक, नर्स औसधि लगायतका उपकरण उपलब्ध रहेको र जिल्लाको पालिकाहरु मध्ये यो पहिलो पालिका हो जसले नि:शुल्क कैल्सियम उपलब्ध गराई रहेको नगर प्रमुख यादवले जानकारी गराएका छन् ।

उद्धाटन कार्यक्रम नगर प्रमुख यादवको प्रमुख अतिथ्यमा नगरपालिकाका उप प्रमुख प्रेमलता कुसवाहा नि. प्र. प्र. अ , स्वास्थ्य संयोजक , ज. स. पा. केन्द्रिय सदस्य विवेक यादव , वडा नं ८,४ का वडा अध्यक्ष ,स्वास्थ्य कर्मी , सुरक्षाकर्मी ,संचारकर्मी, समाजसेवी , बुधजिवी भरभालाआदमी लगायतका उपस्थिति रहेको थियो।