कटहरिया ४ का प्राबिहरुमा पहिलो पल्ट अङ्ग्रेजी माध्यममा पठन पाठन हुने ।

रौतहट २२ फागुन ।

रौतहटको कटहरिया नगरपालिका वडा नं ४ मा रहेको तिनै वटा बालबिकाशका बालबालिकाहरुलाई शैक्षिक समाग्री हस्तान्तरण गरिएको छ। कटहरिया नगरपालिका वडा –४ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता चन्दन कुश्वाहाले आफ्नो वडा स्तरिय याेजनाबाट वडा भरिका तीन वटा प्राबि बालबिकाशका बिधार्थीहरलाई उक्त शैक्षिक समाग्री वितरण गरेका हुन ।आर्थिक वर्ष २०७८/७९ काे वडा स्तरीय याेजनाबाट प्रेत्यक बिधार्थीहरुलाई दुईवटा कप्पी दुईवटा पेन्सिल र एउटा अग्रेँजी माध्यमका बुक गरि पाँच सय बिद्यार्थीहरु लाई शैक्षिक समाग्री बितरण गरिएको छ ।वडा अध्यक्ष चन्दन कुश्वाहाकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साह रहनु भएको थियाे । सामुदायिक विद्यालयमा विद्यार्थी नियमित विद्यालय आउने बानी बसाल्न, शैक्षिक गुणस्तर वृद्धि हुने उदेश्यका साथ सो समाग्री वितरण गरेको अध्यक्ष कुशवाहाले बताउनु भयो । त्यस्तै सो वितरण कार्यक्रममा कटहरिया नपा वडा नं ४ का वडा अध्यक्ष कुशवाहाले भने वाड भरिका सम्पुर्ण बिधालयहरुलाई अग्रेँजी माध्यममा पठन पाठन गराउने वातावरण बनाउन कुनै कसर बाकि नरहने बताउनुभयो । सोहि कार्यक्रम लाई सम्बोधन गर्दै कटहरिया नगरपालिकाका प्रमुख प्रसशकिय अधिकृत रामप्रकाश साह भने गाउँको बिकास मात्र बजेटले हुदैन गाउँको समग्र बिकास शिक्षित भए मात्र हुन्छ । बिद्यार्थीहरुलाई बाल अवस्था देखि नै गुणस्तरिय शिक्षा प्राप्त भए पछि कुनै पनि देशमा पठन पाठन तथा कुनै कार्यमा जादा राम्रो कार्य मिल्ने बताउनु भयो । बिधालयको प्राङनहरुमा आयोजित सो कार्यक्रममा अतिथिहरु कटहरिया नपा वडा नं ४ अध्यक्ष एवम् नगर प्रवक्ता चन्दन कुशवाहा , प्रमुख प्रसाशकिय अधिकृत रामप्रकाश साह, योजना प्रमुख रामनरेश यादब ,शिक्षा संयोजक अनिल निधि , कटहरिया लेखा शाखा कर्मचारी उमेश दास, बिधायालयका सम्पुर्ण शिक्षक शिक्षिका बुद्धिजीवी लागायत अभिभावकहरुहरुको उपस्थिती रहेको थियो

लोकप्रिय