गुजरा नगरपालिकाको प्रशासनिक भवनको नगर प्रमुख चौधरीद्वारा उद्घाटन ।

रौतहट २२ फागुन ।

रौतहट जिल्लाको गुजरा नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन भएको छ ।अाज आइतबार गुजराको भवानीपुरमा एक कार्यक्रम बिच नगर प्रमुख सन्तलाल चौधरीले रिबन काटेर नगर पालिकाको भवनको उद्घाटन गर्नु भएको हो । ३ करोड १६ लाखको लागतमा ६ हजार ५ सय स्क्वायर फिटको भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत बिनोद जयसवालले जानकारी दिनुभयो ।


यसअघि भाडा तिरेर कार्यालय सन्चालन हुदा बार्षिक लाखौं रकम खर्च हुने गरेको थियो ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख रौशन खातुन,समाजसेवी सेख बदरु दिन,नगरपालिकाका कर्मचारी र स्थानीय भद्र भलादमीको उपस्थिती रहेको थियो ।

लोकप्रिय