रौतहटमा एक जना महिलाको शव बरामद ।

रौतहट २५ चैत ।

रौतहटमा पहिचान नखुलेको एक महिलाको शव बरामद भएको छ । रौतहटको यमुनामाई गाउँपालिका वडा न.२ भेडियाही लमहा नदीको बीच भागमा अलपत्र अवस्थामा शव फेला परेको प्रहरीले बताएका छन् । शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शव भेटिएको खबर प्राप्त हुन साथै ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोली घटनास्थलमा पुगेको छ । प्रहरी घटनास्थलमा पुगी शव लाई नियन्त्रणमा लई छानबिन सुरु गरेको छ । शव लाई पोस्मार्टमको लागि अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय गरुडाले बताएका छन् ।

फेला परेको मृतक महिलाको हाल पहिचान खुल्न सकेको छैन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

लोकप्रिय