फतुवा बिजयपुर नपाका मेयर गोपाल यादवले पार्टीबाटै पुनः मेयरमा लडने खुलासा ।

रौतहट ०८ बैशाख ।

रौतहटको फतुवा बिजयपुर नगरपालिकाका नगर प्रमुख गोपाल यादवले पार्टीबाटै पुनः मेयरमा लडने खुलासा गरेका छन्।

विगतको स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टीबाट निर्वाचित मेयर यादवले आफ्नै पार्टीबाटै पुनः मेयर पदमा उठ्ने बताएका छन्।
स्थानीय तह निर्वाचन नजिकदै गर्दा मेयर पदको टिकट धरापमा पर्ने शंका लागे सँगै यादवले पार्टी परित्याग गरि अर्को पार्टी प्रवेश गर्ने पत्रकारसँग बताएका थिए तर पार्टी भित्र रहेको आन्तरिक विवाद समाधान भए पछि पुनः नेपाली काङ्ग्रेसबाटै मेयर पदमा उमेदवारी दिने खुलासा गरेका छन्।

नेपाली काङ्ग्रेसको रौतहट जिल्ला सभापतिको निर्वाचन भए देखि पार्टीका नेता कार्यकर्ता बिच आन्तरिक विवाद चर्किएका थिए।
सो विवादका कारण धेरै जसो निर्वाचित मेयर समेतको टिकट धरापमा पर्न थालेको छ। धेरै नेता कार्यकर्ताले त पार्टी पनि परित्याग गरि सकेको अवस्था छ।
नेपाली काङ्ग्रेस पार्टीबाट निर्वाचित राजपुर नगरपालिकाको मेयर शेख सकिलले पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरि सकेका छन।
आन्तरिक विवादको कारण फतुवा विजयपुर नगरपालिकाको मेयर यादवको टिकट खतरामा परेको आशंका लागे पछि अरु पार्टीबाट टिकट लिइ चुनाव लडने समाचार बाहिरीए पछि पार्टीका शिर्ष नेताहरुले पार्टी भित्र रहेका आन्तरिक विवादलाई समाधान गरि पुनः मेयरको टिकट मलाई नै सुनिश्चित भएको मेयर यादवले बताएका छन्।

लोकप्रिय