रौतहट ११ बैशाख ।
रौतहटमा जनता समाजवादी पार्टीका मधेश प्रदेश सदस्य एवं युवा नेता वृजकिशोर यादव पार्टी परित्याग गरेर नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीमा प्रवेश गरेको आधिकारिक घोषणा गरेका छन् ।
जसपा नेपालको गरुडा नगरपालिकामा स्वच्छ छावि भएका व्यत्तित्व वृजकिशोर यादवलाई मेयर पदमा टिकट दिने आश्वासन दिएपनि रकमी चलखेलमा परेर पार्टीका शिर्ष नेताहरु अनियकुमार यादवलाई दिएपछि उनी नेपाली काँग्रेसको रामभरोस यादव, एमालेको रामप्रसाद यादव सहित सयौं जना नेकपा एसमा प्रवेश गरेका हुन् ।
वृजकिशोर यादव सहितका व्यक्तिहरु एसमा प्रवेश गरेपछि गरुडा नगरपालिकामा एसले मेयर पदमा बाजी मार्ने अधिकाँशको आँकलन रहेको छ । किनभने निवर्तमान मेयर इन्नु राय यादवको छोरा अनिलकुमार यादव छाया मेयर भई नगरपालिकाको विकास निर्माणको करोडौं रकम हिनामिना गरे कोठा महल खडा गरेको, कोरोनामा आएको खाद्यान्न सामग्री लक्ष्ति वर्गको भान्सामा नपुर्याइ गोदाममै कुहिएपछि रातारात झाझ खोलामा फालिएको दृष्य सबैको सामु छलंग रहेको हुँदा त्यस्ता व्यक्तिबाट सचेत रहन गरुडा नगरवासी संग वृजकिशोर यादवले आर्दिक अनुरोध गरे ।