राजदेवी ७ मा वडाध्यक्ष उम्मेदवार यादवको जितको प्रलव सम्भावना ।

रौतहट २७ बैशाख ।

स्थानीय तह निर्वाचनका लागि एकीकृत समाजवादी पार्टी नेपाल (नेकपा एस), राजदेवी ७ मुडवालवा का वडाध्यक्ष उम्मेदवार विजय शंकर यादव उर्फ बिजुली यादवको जितको प्रलव सम्भावना रहेको स्थानियहरुको बुझाई रहेको बताएका छन् । यही बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा जीत हाँसिल गरेमा आफूले गर्ने कार्यहरुको खाका तयार पारी सार्वजनिक गरेका छन् ।

राजदेवी ७ मुडवालवाका वडाध्यक्ष उम्मेदवार यादवले वडाको सर्वाङ्गीन बिकास (समृद्धि) का लागि”राजदेवी ७ मुडवालवा गाउँलाई देशकै खुशी र समृद्ध गाउँ बनाउँदै स्मार्ट भिलेजमा परिणत गर्ने ” उदेश्यका साथ विभिन्न क्षेत्र समेट्ने गरी घोषणा, प्रतिबद्धता जाहिर गरेका हुन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एसका राजदेवी नगरपालिका ७ मुडवालवा वडा कमिटी लगायत भर्भाला आदमिहारुको उपस्थितिमा आफनो प्रतिबद्धता सार्वजनिक गर्नु भएको थियो ।

यादवले वडाका शिक्षा, स्वस्थ , कृषि , खानेपानी क्षेत्रलाई विशेष प्राथमिकतामा राखनु भएको छ । जसमा कृषक समूह तथा कृषकहरुको लागि आधुनिक तालिम,खेलकुद मैदान,सामुदायिक बिधालयमा अंग्रेजी माध्यममा पढाइ,एक घर एक रोजगारी,स्वास्थ्य विमा,स्वास्थ्य क्षेत्रमा २४ सै घण्टा इमरजेन्सी सेवा,पक्की ढलान,नाला, बिना ब्याज अध्ययन कर्जा लगायतका रहेका छन् । सार्वजनिक घोषणामा नागरिकको आधारभूत आवश्यकताको परिपूर्ती ,गुठी मठको जग्गा सार्वजनिक गर्ने रोजगारीका अवसरहरुको सर्जना प्राथमिकतामा रहेको उल्लेख गरिएको छ ।

लोकप्रिय