Home मुख्य समाचार आज मध्य राति देखि मदिरा निषेध रौतहटमा ।

आज मध्य राति देखि मदिरा निषेध रौतहटमा ।

आज मध्य राति देखि मदिरा निषेध रौतहटमा ।

रौतहट २७ वैशाख ।

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै रौतहट जिल्ला भरीमा मदिरा विक्री वितरण निषेध गरेका छन् । वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै मंगलवार मध्य राति देखि रौतहट जिल्लामा मदिरा विक्री वितरणमा स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । आज मध्य राती १२ः०० बजेदेखि मतदानको कार्य सम्पन्न नभए सम्मका लागि मदिरा निषेध गर्ने निर्णय भएको रौतहट प्रशासन कार्यालय रौतहटले जनाएको हो ।

निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जारी गरेको सुचना अनुसार मंगलबार राति देखि रौतहट जिल्ला भरी सबै प्रकारका मादक पदार्थ (मदिरा) को विक्री वितरण र सेवन कार्य निषेध गर्ने निर्णय गरेको हो । शुक्रबार हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दृष्टिगत गर्दै स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्थाअनुसार यस्तो आदेश जारी गरिएको छ । जारी गरिएको आदेशको उलंघन गरेमा कानुन बमोजिम कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी शाहीले चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here