रौतहट ३० साउन ।
रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। गरुडा नगरपालिका १ जयनगर बस्ने ५७ वर्षीय रामप्रसाद यादवको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिए । प्रहरीका अनुसार आफ्नै खेतमा घुम्न गएका यादवको विधुत पोल ढलेको तारमा ६ बजेर ३० मिन्टमा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो । तर स्थानीयका अनुसार यादवले आइतवार विहान खेतमा काम गर्न गएको थियो । सोमबार विहान घर न पुगेका यादवको घर पारिवारका व्यक्तिहरु चिंतित भएर खेतमा खोजने क्रममा यादव मृत अवस्थामा फेला परेको स्थानीयले बताए । उक्त घटना बारे प्रहरीले थप्प अनुसन्धान गरि रहेको प्रवक्ता प्रहरी नायव उपरिक्षक मल्लले जनकारी दिनु भयो । त्यस्तै सोमबार विहान गरुडा नगरपालिका वडा नं ९ श्रीपुर टोल बस्ने नरेश दासको २० वर्षीय छोरा विश्वनाथ दासको डुबेर मृत्यु भएको छ । वगवती नहरमा स्नान गर्न गएको र पानीको चपेटमा परेर दासको मृत्यु भएको स्थानीयले बताए । प्रहरीका अनुसार दुबै शवलाई जिल्ला अस्पताल गौरमा पोष्टमाटम गरेर आफन्त जनलाई शव जिम्मा लागाएको हो ।