जनकपुरधाम,३० साउन।
प्रहरी समायोजन नगरेको भन्दै मधेश सरकारका मन्त्रीहरु बसेको धर्ना दोस्रो दिनपनि जारी रहेको छ । आन्दोलनरत मधेश प्रदेश सरकारका मन्त्रीहरुले सोमबार पनि धर्नालाई निरन्तरता दिएका छन् । सोमबार अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, जसपाका सचेतक शैलेन्द्र यादव, पूर्व राज्यमन्त्री सुरेश मन्डलसहितकाले सहभागिता जनाएका छन् ।उनीहरू प्रदेश प्रमुखको कार्यालय अगाडि टेन्ट टाँगेर धर्ना दिइरहेका छन । प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको, आन्दोलनकै अल्टिमेटम दिँदै ज्ञापन पठाउँदा समेत ध्यान नदिएपछि प्रदेश सरकारले पहिलो चरणको आन्दोलन घोषणा गरेको छ ।आइतबारदेखि प्रदेश सरकारले संघ सरकारविरुद्ध धर्नामा बसेको हो । एक सातासम्म प्रत्येक दिन २ घण्टा धर्ना दिने जनाइएको छ ।सभार टुडेपाटी ।