फतुवा विजयपुर नपा २ सितलपुरमा बालपोषण भता वितरण सुरु।

रौतहट ८ भदौ ।
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा वर्षौ देखि वितरण हुन् नसकेको बालपोषण भता वितरण भइरहेको छ । सो नगरपालिकाको वडा नम्बर २ सितलपुरमा वितरण कार्य भइरहेको छ ।
फतुवा विजयपुर नगर कार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०७७।७८ र ७८।७९ को बालपोषण भता वितरण नगरेको गुनासो स्थानियहरुले गर्दै आएका थिए । जन्मेदेखि पाँच वर्ष सम्मका बालबालिकालाई उपलब्ध गराउनु पर्ने बालपोषण भत्ता वितरण नगरेको गुनासो गर्दै बालिबालिकाका अभिभावकहरूले बालपोषण भत्ताका लागि पहल गर्न अनुरोध गरेपछि अहिले वितरण कार्य भइरहेको छ ।
फतुवा विजयपुरका प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादव को आदेशमा दुइ आर्थिक वर्षको बाँकि रहेको बालपोषण भता वितरण गर्न लगाइएको हो । आर्थिक वर्ष २०७७।७८ को नगद रुपमा वितरण गर्न लागिएको हो भने आ.व. २०७८।७९ को बैंकिङ्ग प्रणाली मार्फत वितरण गर्न लगाइएको पञ्जिकरण शाखा प्रमुख अर्जुन यादवले जानकारी गराउनु भयो ।
आज बुधवार सो नगरपालिकाको वडा २ मा बालपोषण भता वितरण गरिएको उनले बताए । बालबालिकाको शारीरिक र मानसिक विकासका लागि बालपोषण भता वितरण गर्दै आइरहेको छ ।
बालपोषण भता वितरणको अवसरमा वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजय,योजना शाखा प्रमुख बिल्टु यादव सहितका व्यक्तीहरुको उपस्थिती रहेको थियो ।

लोकप्रिय