रौतहट ९ भदौ । हनुमत यादव ।
रौतहट जिल्लाको वौधीमाई नगरपालिका वडा नं. ८ बंकुल बजार स्थित आज २ जना भारतीय नागरिक लागु औषध सहित पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय, बिरगंज (पर्सा) को सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बंकुलबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेका छन् ।
सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले बंकुल बजार स्थित आवतजावत गर्ने लाई रोकी चेकजाँच गर्ने क्रममा BR.05 Y-4332 नं.को मोटरसइकिलमा सवार भारत जिल्ला पूर्बी चम्पारण थाना घोडासहन ग्राम पंचायत पुर्नहिया वडा नं. ६ वस्ने अंदाजी वर्ष ४१ को सुरेन्द्र प्रसाद जौसवाल र सोहि गाउका वस्ने भानु प्रसाद जौसवालको श्रीमती अंदाजी वर्ष ३५ की सुनिता देवीलाई डाईजोपाम:- ५०० एम्पुल,फेनारगन:- ५०० एम्पुल,बुप्रेनफिन:- ५०० एम्पुल जम्मा १५०० एम्पुल लागु औषध सहित प्रहरीले नियन्त्रणमा लिएका छन् ।
फेला परेकोले दुबै जनालाई लागु औषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी गराएका छन् ।