रौतहटमा एक जनाले गरे आत्महत्या ।

रौतहट २ असाेज ।

गाैर नगरपालिका १ स्थित धर्मशाला भन्दा करिब २५० मि‌टर पुर्वतिर बाँसवारीमा एक जनाले पासाे लगाइ आत्महत्या गरेको छ ।

मृतक गाैर नगरपालिका १ बस्ने ठागा पासवान अन्दाजी ५६ वर्षीय गाेदन भन्ने साेभन पासवान रहेकाे पुष्टि भएको छ । शव बाँसकाे झाँगा भित्र भेटिएको छ ।

हाल घटनास्थलमा ठुलाे भिड पुगेकाे छ । प्रहरीसमेत घटनास्थलमा पुगिसकेको छ । स्थानीयका अनुसार मृतक गाैर नगरपालिका कार्यालयकाे छेउमै रहेकाे बजारमा तरकारीकाे व्यापार गर्दै आएका थिए ।स्थानीय प्रशासन शवलाई उद्धार गर्न जुटिएकाे छ ।

लोकप्रिय