रौतहट, २ असोज ।
विश्व अत्महत्या रोकथाम दिवश आईतवार रौतहट सदरमुकाम गौरमा भव्यताको साथ विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर मनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा आयोजित उक्त कार्यक्रममा आईतवार विहान स्कुलको बालबालिकाहरु संगै सहभागी भएका स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधिहरु सहितका प्रहरी कर्मचारी लगायतका विभिन्न क्षेत्रका प्रतिनिधिहरु विपी चौकबाट प्रभातफेरी निकाली गौर नगरको परिक्रमा गरेको हो ।
नगरपरिक्रमा पश्चात जिल्ला समन्वय समितिको सभाकक्षमा समुदाय प्रहरी साझेदार कार्यक्रम अन्तर्गत विश्व आत्महत्या रोकथाम दिवशमा जागरुकता सम्बन्धि अन्तरक्रिया गरेर मनाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले आत्महत्या गर्नु कानुनी अपराध हो, अमूल्य जिन्दगी खेर फाल्नु अघि एक पटक गहिएर साच्नुपर्ने हो, आफनो लागि मात्रै बाँच्ने सोच त्यागेर घरपरिवार, छोराछोरी र समाजप्रतिको दायित्व बोध गर्नुपर्छ तर यी सोच नभएका व्यक्तिहरु वा महिलाहरु आत्महत्या गर्ने गरेको कयौं उदाहरण देखिएको छ ।
सबै काम गर्दा सधै सफलता पाउदैन, तर अफलता हुने वित्तिकै जिवन समाप्त पार्ने भावनालाई त्यागेर असफलतामा नै सफलताको खुडकिलो रहेको हुँदा अनाहकमा जिवन नफालौं भन्दै प्रजिअ शाहीले हिन्दु धर्म अनुसार ८४ लाख जोनी पार गरेपछि मनुष्य जोनीमा जन्म हुने भएको हुँदा अनाहकमा आफनो जीवन नफालौं, यस्ता सोच भएका व्यक्तिहरु आजै देखि समाजमा सकारात्मक संदेशको प्रवाह गरेमा मात्रै आत्महत्यालाई न्यूनिकरण गर्न सकिने बताए ।
जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादवले आत्महत्या गरेर गएका परिवारको अवस्था कस्तो छ त्यसलाई एकपटक मनन गरेर सोच्नुपर्ने, पहिला विरामी हुँदा उपचारको अभाव हुन्थ्यो तर गाउँघरमै उपचार गरेर कयौंको जीवन रक्षा भएको हुँदा ठिक त्यसै आजको युगमा पढेलेखेको भएको हुँदा सानो असफलताको कारण यतिचाँडै आफूलाई समाप्त पर्ने निर्णय लिइने बानीलाई त्याग गरेर आजका बालबालिकाहरु त्यस्ता कार्यलाई निरुत्साहित गरेर अघि बढ्ने हौसला प्रदान गर्नुपर्नेमा जोड दिए ।

गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले आत्महत्या समाजमा विकृति विसंगती एवं कमजोर मुटु भएका व्यक्तिहरुको कारण यस्ता कार्यहरु हाम्रो समाजमा कायमै रहेको हुँदा हरेक क्षेत्रबाट यस्ता क्रियाकलापहरुलाई समयमै नियन्त्रण गर्नका निमित्त जनचेतना कार्य, सडक नाटकको माध्यमबाट नियन्त्रण गर्नमा फलदायी हुने बताए ।
रौतहट प्रहरीका एसपी विरबहादुर बुढा मगरले खास गरेर कम उमेर अथवा किशोरा अवस्थाका बालबालिकाहरु हतास भएर आत्महत्या गरी आफनो जिवन लिलालाई समाप्त पर्ने गरेको अधिकाँश तथ्याँकबाट देखिएको छ तर किशोरावस्थामा गरिएको निर्णयहरु गलत हुन्छ किनभने असफल भएपनि जिवन लामो छ, एक दिन सफलताको शिखरमा पुगिन्छ । अहिले अध्ययनको समयमा अनावश्यक अन्य कार्यमा ध्यान पुर्याउनु अति नै गलत रहेको हुँदा सोचन शक्तिमा विकास तर्फ ध्यान केन्द्रीत बनाउने उनले आग्रह गरे ।

रौतहट प्रहरीका एसपी विरबहादुर बढा मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सशस्त्र प्रहरीका एसपी ध्रुव कार्की, डिएसपी सुनिल मल्ल, निलु झा, नेपाल पत्रकार महासंघका सभापति प्रेमचन्द्र झा, प्रादेशिक अस्पताल गौरका प्रमुख डा. कृष्णा साह लगायतका वक्ताहरुले आत्महत्या न्यूनिकरण तर्फ सबै अभिभावकहरुको उतिकै कत्तव्र्य रहेको हुन्छ, घरबाट उनीहरुको वुद्धि विकास बढेमा यस्ता कुलतबाट जोगिन सक्ने बताए ।