गरुडा नगरपालिका वडा नं. ९ मा छात्राहरूलाई साइकल वितरण ।

रौतहट,०१ जेठ ।
शिक्षामा सबैका लागि सहज पहुँच र समान अवसर सुनिश्चित गर्ने उद्देश्यले गरुडा नगरपालिकाले एक महत्वपूर्ण कदम चालेको छ। नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले गरुडा नगरपालिका वडा नं ९ को नयाँ गम्हरिया श्रीपुरस्थित श्री माध्यमिक विद्यालयमा अध्ययनरत २२ जना दलित, गरिब तथा आवश्यकता भएका छात्राहरूलाई साइकल वितरण गर्नुभएको छ।

यस कार्यक्रममा प्रमुख जयसवालले विद्यालयमा नियमित उपस्थिति बढाउने र विद्यार्थीहरूलाई विद्यालय आउन–जानमा पर्ने कठिनाइ हटाउने उद्देश्यले साइकल वितरण गरिएको बताउनुभयो। “शिक्षा सबैका लागि हो, र हामीले त्यसमा पहुँच बढाउन यस्ता पहल जारी राख्नेछौँ उहाँले भन्नुभयो।

साइकल प्राप्त गरेका छात्राहरू तथा अभिभावकहरूले नगरपालिकाप्रति आभार व्यक्त गरेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नगरपालिकाको यो कदमले शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

नगरपालिकाले आगामी दिनमा अन्य वडाहरूमा पनि यस्ता कार्यक्रम विस्तार गर्ने योजना बनाएको जनाएको छ।

लोकप्रिय