Home मुख्य समाचार नेकपा एमाले रौतहट – १ बाट अजय गुप्ताको एकल नाम सिफारिस ।

नेकपा एमाले रौतहट – १ बाट अजय गुप्ताको एकल नाम सिफारिस ।

नेकपा एमाले रौतहट – १ बाट अजय गुप्ताको एकल नाम सिफारिस ।

रौतहट १९ पुष ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) रौतहट निर्वाचन क्षेत्र नम्बर–१ को लागि क्षेत्रीय भेलाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अजय गुप्तालाई उम्मेदवारका रूपमा एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको छ ।

क्षेत्रीय कमिटीको आयोजनामा सम्पन्न भेलामा सहभागी नेता तथा कार्यकर्ताहरूले गुप्ताको लामो संगठनात्मक अनुभव, निरन्तर राजनीतिक योगदान र जनस्तरसँगको बलियो सम्बन्धलाई उच्च मूल्याङ्कन गर्दै सर्वसम्मत रूपमा उनको नाम सिफारिस गरेका हुन् ।

भेलामा बोल्ने वक्ताहरूले अजय गुप्तालाई पार्टीभित्र लोकप्रिय, अनुशासित र सक्षम नेताका रूपमा चित्रण गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजय दिलाउन सक्ने विश्वास व्यक्त गरे । उनीहरूले गुप्ताको नेतृत्वमा क्षेत्र नम्बर–१ मा पार्टी संगठन थप सुदृढ भएको र जनताको विश्वास बढ्दै गएको उल्लेख गरे ।

नेताहरूले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै सिफारिस गरिएको उम्मेदवारको पक्षमा सम्पूर्ण शक्ति परिचालन गरिने प्रतिबद्धता पनि जनाएका थिए ।

भेलाको निर्णयसँगै रौतहट–१ मा नेकपा एमालेको उम्मेदवारीलाई लिएर राजनीतिक गतिविधि थप सक्रिय बन्ने अपेक्षा गरिएको छ ।