Home मुख्य समाचार रौतहट क्षेत्र नं ३ मा अन्तर्राष्ट्रियस्तरको क्यान्सर अस्पताल निर्माण पुनम यादवको प्रमुख प्राथमिकता।

रौतहट क्षेत्र नं ३ मा अन्तर्राष्ट्रियस्तरको क्यान्सर अस्पताल निर्माण पुनम यादवको प्रमुख प्राथमिकता।

रौतहट क्षेत्र नं ३ मा अन्तर्राष्ट्रियस्तरको क्यान्सर अस्पताल निर्माण पुनम यादवको प्रमुख प्राथमिकता।

रौतहट १६ माघ ।रौतहट क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार तथा नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पुनम यादवले यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको क्यान्सर अस्पताल निर्माणलाई आफ्नो प्रमुख प्राथमिकतामध्ये एकका रूपमा अघि सारेकी छन्।
चुनावी अभियानका क्रममा आयोजित विभिन्न कार्यक्रम तथा जनभेटघाटमा बोल्दै नेतृ यादवले क्यान्सरजस्तो गम्भीर रोगको उपचारका लागि अहिले पनि रौतहटसहित मधेशका नागरिकहरू काठमाडौं वा भारत जान बाध्य रहेको उल्लेख गरिन्। यसले समय, खर्च र मानसिक पीडा बढाएको भन्दै अब आफ्नै जिल्लामा आधुनिक, सुविधा सम्पन्न र अन्तर्राष्ट्रिय मापदण्डको क्यान्सर अस्पताल आवश्यक भएको उनको धारणा छ।
उक्त अस्पताल निर्माण भएपछि प्रारम्भिक परीक्षणदेखि उपचार, रेडियोथेरापी, किमोथेरापी तथा विशेषज्ञ चिकित्सकमार्फत सेवा उपलब्ध गराइने उनले बताइन्। यसले रौतहट मात्र नभई आसपासका जिल्ला तथा मधेश प्रदेशका हजारौं क्यान्सर पीडितहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरिन्।
नेतृ यादवले स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारको रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहेको बताउँदै गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, युवाका लागि रोजगारी र किसानमुखी कृषि सुधार आफ्नो समग्र विकास एजेन्डा रहेको स्पष्ट पारिन्।