जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले जाली नोट ९ लाख त्रियान्नब्बे हजार रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ । रौतहट इशनाथ नगरपालिका वडा नं. ४ स्थित कालिमंदिर सडक खण्डमा सवारी साधन तथा पैदल यात्रीहरु चेकजाँच गर्ने क्रममा ९ लाख त्रियान्बे हाजार जाली नोट सहित तिन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा धनुषा जिल्लाको बट्टेश्वर गाउँपालिका वडा नं.४ वस्ने शियालाल वरई ठाकुरको छोरा .वर्ष ३८ को शत्रुधन वरई ठाकुर । जिल्ला महोत्तरी बर्दीबास नगरपालिका वडा नं.९ बन्द्रा पशुपतिनगर वस्ने श्रीराम विलोचन महतोको छोरा अं.वर्ष ३० को रन्जित महतो ।
र भङ्गहा नगरपालिका वडा नं.४ प्रेमनगर वस्ने सुफल महतोको छोरा वर्ष २५ को दिपेन्द्र कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रमुख शिद्धि बिक्रम साहले बताउनु भएको छ ।
चेकजाँच कै क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा नेपाली रुपैयाँ १००० दरको जालि नोट ९,९३,०००(नौ लाख त्रियान्नब्बे हजार)नोट सहित प्रहरीले नियन्त्रणमा लिएको उपरिक्षक साहले बताए ।
भारत बाट नेपाल तर्फ आउदै गरेको बेला तिनै जना माथि संका लागे पछि प्रहरीले रोकेर छेक जांच गर्ने क्रममा सो रकम बरामद गरेको छ ।