काठमाडौं २६ साउन ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,१८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९५, भक्तपुरमा १५२ र ललितपुरमा २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४,९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । यस्तै काठमाडौंमा ७ हजार ६७७ कोरोनाका संक्रिय संक्रमित रहेका छन् भने भक्तपुरमा १ हजार ३५० संक्रिय संक्रमित रहेका छन् । यस्तै ललितपुरमा १ हजार ६८३ कोरोना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा हालसम्म कोरोना संक्रमणबाट १ हजार ९९१, भक्तपुरमा ३९७ र ललितपुरमा ६१२ जनाको मृत्यु भइसकेको छ भने काठमाडौंका २ लाख १३ हजार ८२४ जना, भक्तपुरका २३ हजार ७५० जना र ललितपुरका ४ हजार २३० जना कोरोना संक्रमणमुक्त भइसकेका छन् । सभार
अनलाइनखबर ।